२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुर स्तरीय वक्तृत्वकला प्रतियोगितामा इस्ट पोइन्टका श्रद्धा प्रथम, ग्यालेक्सीका राई द्वितीय

sajilo news
झापा
२०८२ भाद्र २२ गते , आईतबार
भद्रपुर स्तरीय वक्तृत्वकला प्रतियोगितामा इस्ट पोइन्टका श्रद्धा प्रथम, ग्यालेक्सीका राई द्वितीय

झापा । भद्रपुर नगरस्तरीय वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगितामा इस्ट पोइन्ट बोर्डिङ स्कुल भद्रपुर ४ की छात्रा श्रद्धा नेपाल प्रथम भएकी छिन् । 

भद्रपुरभित्र २५ वटा विद्यालय सहभागी आयोजित प्रतियोगितामा ग्यालेक्सी इङ्लिस स्कुल भद्रपुर ९ का सृजन राई द्वितीय र श्री कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रम भद्रपुर ६ का प्रतीक नेपाल तृतीय भएका छन् ।  प्रतियोगिताका विजेताहरूलाई क्रमशः १० हजार ,७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको  वैदिक सनातन धर्म संरक्षण नगर समितिका उपाध्यक्ष उत्तम नेपालले जानकारी दिए । 

वैदिक सनातन धर्म संरक्षण नगर समिति भद्रपुरको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा अध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्रप्रसाद लिङ्देन रहेका थिए । कार्यक्रमका संयोजक आचार्य कमलनयन निरौला र वैदिक सनातन धर्म संरक्षण नगर समिति भद्रपुरका अध्यक्ष पं.नवीन भट्टराईको सभापतित्व भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, विशिष्ट अतिथि नगर प्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की अतिथिहरू समितिका केन्द्रीय महासचिव खगेन्द्र निरौला, किरात र बौद्ध धर्मका गुरुहरूले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगिताका

निर्णायक मण्डलमा मेची बहुमुखी क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख सहप्राध्यापक देवीप्रसाद आचार्य, साङ्गवेद संस्कृत विद्यालय चारपानेका आचार्य सोमनाथ गौतम र अधिवक्ता लक्ष्मी खनाल कोइराला रहेका थिए । कार्यक्रममा केही व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो । 

सम्बन्धित समाचार