२०८३ असार १ गते , सोमबार

विषालु च्याउ खाँदा झापामा एकै परिवारका तीनजना बिरामी

sajilo news
झापा
२०८२ भाद्र १४ गते , शनिबार
विषालु च्याउ खाँदा झापामा एकै परिवारका तीनजना बिरामी

झापामा विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन्। विषालु च्याउ खादा गौरीगञ्ज गाउँपालिका-३ ठेकीटोला निवासी ६२ वर्षीय रामचन्द्र मण्डल, उनकी श्रीमती ५२ वर्षीया शंकरी मण्डल र नाति १३ वर्षीय नीलकुमार मण्डल बिरामी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले खेतबारीको च्याउ ल्याएर पकाएर खाँदा शनिवार दिउँसो ३ बजे बिरामी परेका थिए। बिरामी परेका उनीहरूलाई गौरीगञ्ज आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि दमक अस्पताल दमक पठाइएको छ। बोल्न सक्ने तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार