२०८३ असार १ गते , सोमबार

कचनकवल स्तम्भदेखि ताप्लेजुङको पाथिभरासम्म एकल साइकलयात्रा

sajilo news
झापा
२०८२ भाद्र १४ गते , शनिबार
कचनकवल स्तम्भदेखि ताप्लेजुङको पाथिभरासम्म एकल साइकलयात्रा

नेपालको होचो भूभाग मानिने झापाको कचनकवल गाउँपालिकास्थित कचनकवल स्तम्भ (५८ मिटर)देखि ताप्लेजुङको धार्मिक एवं सांस्कृतिक आस्था केन्द्र पाथीभरा (३,७९४ मिटर)सम्म एकल साइकल यात्रा हुने भएको छ।

यही भदौ १६ गते सोमबार बिहान ५ः४५ बजे कचनकवल स्तम्भबाट सुरु हुने यात्रामा मेचीनगरका मिलन राजवंशी सहभागी हुनेछन्। “छोड लागूपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर” भन्ने नारासहित हुने यो अभियानले नेपालको होचो भूभागलाई चिनाउने र युवालाई कुलतबाट बचाउने सन्देश दिन उद्देश्य राखेको छ।

साइकल यात्री राजवंशीलाई कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरु, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठसहितको टोलीले बिदाई गर्ने कार्यक्रम छ।

कार्यक्रम संयोजक कर्णबहादुर राजवंशीका अनुसार सो अवसरमा कचनकवलको पहिचान झल्कने सामग्री र विशेष टी–सर्ट प्रदान गरिनेछ। साथै, बिदाई कार्यक्रममा सहभागी भई साइकलयात्रीलाई उत्साह दिन आम कचनकवलवासीलाई आह्वान गरिएको छ।

सम्बन्धित समाचार