२०८३ असार १ गते , सोमबार

इलाममा ग्यास पड्किएर आगलागी

sajilo news
इलाम
२०८२ भाद्र १४ गते , शनिबार
इलाममा ग्यास पड्किएर आगलागी

इलाममा ग्यास पड्किएर आगलागी भएको छ । आज विहान ८ः५५ बजे इलाम चुलाचुली–२ अमरचौक बस्ने मिलन राईको टिनको छानो र टिनको बेरा भएको एकतले भान्सा घरमा अचानक ग्यास पड्किएर आगलागी भएको हो । आगलागीबाट भान्सा घर, भान्सा घरभित्र रहेका भाडाबर्तन, अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।

प्रहरी चौकी पेल्टिमारी, चुलाचुली सशस्त्र बेश क्याम्प इलाम र स्थानीयको सहयोगमा आगो ९ः२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार