२०८३ असार १ गते , सोमबार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०८२ भाद्र १४ गते , शनिबार
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानतथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही  र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार