२०८३ असार १ गते , सोमबार
कार रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-२ डा. विप्लव भट्टको मृत्यु भएको हो।
गएराति १ः३० बजे भरतपुर महनानगरपालिका– १० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार दुर्घटनामा चालक भट्ट घाइते भएका थिए । उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शनिबार बिहान उनको मृत्यु भएको हो।