२०८३ असार १ गते , सोमबार

नेपाल प्रहरीको आइजीपीमा चन्द्र कुवेर खापुङ नियुक्त

sajilo news
झापा
२०८२ भाद्र १३ गते , शुक्रबार
नेपाल प्रहरीको आइजीपीमा चन्द्र कुवेर खापुङ नियुक्त

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त  गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। खापुङ नेपाल प्रहरीको ३२ औं आईजीपी नियुक्त भएका हुन्।

हालका आईजीपी दिपक थापा यही भदौ १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो। 

सम्बन्धित समाचार