२०८३ असार १ गते , सोमबार

झापा घर भएका असई इन्द्रबहादुर भुजेलको शौचालय जाँदा लडेर मृत्यु

sajilo news
झापा
२०८२ भाद्र १३ गते , शुक्रबार
झापा घर भएका असई इन्द्रबहादुर भुजेलको शौचालय जाँदा लडेर मृत्यु

ताप्लेजुङमा कार्यरत नेपाल प्रहरीका असई इन्द्रबहादुर भुजेलको शौचालय जाँदा लडेर मृत्यु भएको छ ।आज बिहान ८:१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी  कार्यरत प्रहरी सहायक निरीक्षक(असई)  भुजेल डिउटी जाने क्रममा शौचालय जाँदै गर्दा अचानक लडेका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएकोमा उपचारका क्रममा ९ः५५ बजे मृत्यु भएको हो । उनी झापा मेचीनगर १० धुलाबारी निवासी हुन् । उनकी श्रीमती पनि असई रहेकी छन् । उनकी श्रीमती विनीता शेपा इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत रहेकी छन् ।

सम्बन्धित समाचार