२०८३ असार १ गते , सोमबार

इलाममा आगलागीबाट एउटा घर जलेर नष्ट

sajilo news
इलाम
२०८२ भाद्र १२ गते , विहीबार
इलाममा आगलागीबाट एउटा घर जलेर नष्ट

इलामको देउमाईमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । गएराति ११ बजे देउमाई नगरपालिका १ मैदाने बस्ने अमरबहादुर श्रेष्ठको टिनको बेरा, टिनको छानो भएको एक तले भान्सा घरमा अचानक आगलागी भएको हो । आगलागीबाट भान्सा घर र घरमा रहेका सम्पूर्ण सामानहरू जलेर नष्ट भएको छ ।

भान्सा घरमा भएको खाद्यान्न, खाना पकाउने भाँडाकुँडा, ग्यास सिलिन्डर, ग्यास चुल्हो जलेर नष्ट भएको बताइएको छ । क्षतिको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार