झापाका पालिकामध्ये ‘लिजा’ मा कनकाई पहिलो, कचनकवल अन्तिम
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा झापाको कनकाई नगरपालिकाले सबै भन्दा धेरै अंक ल्याइ प्रथम भएको छ भने सबै कम अंक ल्याएर कचनकवल गाउँपालिका अन्तिम भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रकाशन गरेको नतिजाअनुसार आर्थिक बर्ष २०८१/८२ मा कनकाई नगरपलिका पहिलो बनेको हो । उक्त मुल्याङ्कनका लागि मन्त्रालयले विभिन्न ११ वटा सूचक तोकेको थियो ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय शिर्षकमा अंकभार तोकेर मूल्ययाङ्कन गर्ने गरिएको छ ।
मन्त्रालयको नतिजाअनुसार कनकाईले ८६ अंक प्राप्त गरि प्रथम भएको हो । मन्त्रालयको नतिजाअनुसार कनकाईले ८६ अंक प्राप्त गरि प्रथम भएको हो । त्यस्तै दमक ८३.२५ अंकसहित दोस्रो र ८१.५० अंकसहित भद्रपुर तेस्रो भएको छ । त्यस्तै मेचीनगरर बिर्तामोडले समान अंक ७५.५० प्राप्त गरेको छ ।
शिवसताक्षीले ७५, कमल र गौरादहले समान अंक ७४.५०, बुद्धशान्तिले७३.५०, बाह्रदशीले ७१.७५, झापा गाउँपालिकाले ७०.५०,
गौरादहले ६८.७५, हल्दिबारीले ६८.२५ र अर्जुनधाराले ६५.७५ अंक ल्याएका छन् । सबै कम अंक ६४.५० ल्याएर कचनकवल अन्तिम बनेको छ ।