२०८३ असार २ गते , मंगलबार
झापाका व्यक्ति इलामको खोल्सामा मृत फेला
झापा बुद्धशान्तिका एक व्यक्ति इलामको खोल्सामा मृत फेला परेका छन् । आज दिउँसो २ बजे बुद्धशान्ति गाउँपालिका- ४ बर्ने हाँपेन चोक बस्ने ३४ वर्षीय उदय मगर इलाम माईजोगमाई–१ स्थित खोल्सामा मृत फेला परेका हुन् । मगर आफ्ना भेना माइजोगमाई –१ लप्सीबोटेस्थित डिल्लीराम घलेको घरमा बस्दै आएका थिए ।
मगर गत साउन ३० गते बिहान १० आफूखुसी कसैलाई जानकारी नगराई घरबाट निस्केर हिँडेकोमा घर फर्की नआएपछि भदौ २ गते उनका भेनाले इलाका प्रहरी कार्यालय नयाँ बजारमा हुलिया निवेदन दिएका थिए । उनी बस्दै आएको घरभन्दा अन्दाजी ३ किलोमिटर पश्चिम खोल्सामा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।