२०८२ आश्विन २६ गते , आईतबार
झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका १ निवासी ३७ वर्षीय पंकज माझी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज विहान साढे ८ बजेको समयमा कनकाई १ स्थित खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा माझीको मृत्यु भएको हो । घटना पश्चात इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।