२०८२ आश्विन २६ गते , आईतबार

धान गोड्ने क्रममा वृद्धाको मृत्यु

sajilo news
झापा
२०८२ भाद्र ६ गते , शुक्रबार
धान गोड्ने क्रममा वृद्धाको मृत्यु

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु भएको छ। गाउँपालिका- ६ स्थित बभनगाकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको हो।

बिहीबार बिहान साढे ९ बजेतिर आफ्नै खेतबारीमा धान गोड्दै गर्दा अचानक लडेर बेहोश भएपछि उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको थियो। चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

सम्बन्धित समाचार