२०८२ आश्विन २६ गते , आईतबार

ताप्लेजुङबाट झापा आउँदै गरेको इभी भ्यान दुर्घटना, ९ जना घाइते

sajilo news
झापा
२०८२ भाद्र ६ गते , शुक्रबार
ताप्लेजुङबाट झापा आउँदै गरेको इभी भ्यान दुर्घटना, ९ जना घाइते

ताप्लेजुङबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान गएराति बुद्धशान्तिमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । राति अन्दाजी १ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ धर्मकाटास्थित मेची राजमार्गमा प्र १–०१–००१ ज ४०८८ न. को इभी भ्यान आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा निम्न मानिसहरू घाइते भएका छन् ।
१ चालक ताप्लेजुङ फुङलिङ गापा–२ बस्ने अन्दाजी वर्ष ३० का लाक्पा थेपेन शेर्पा( छातीमा चोट ,अवस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
२.भक्तपुर चाँगुनारायण नगरपालिका – १ बस्ने वर्ष १२ का सेसेहाङ सुबा( निधारमा चोट ,अवस्था बोल्न सक्ने मध्यम, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै )
३. ऐ.ऐ– बस्ने वर्ष ३४ की प्रेमा योङहाङ ( टाउको र हातमा चोट ,अवस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै )
४.ऐ.ऐ– बस्ने वर्ष ३२ की टिका लिम्बू (निधार र दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
५. झापा अर्जुनधारा न.पा. –१० बस्ने वर्ष ४४ का विजय लिम्बू ( खुट्टा र कुममा चोट, अवस्था सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
६. ऐ.ऐ– बस्ने वर्ष ४२ की मनकुमारी लिम्बू( निधार र छातीमा चोट, अवस्था बोल्न सक्ने मध्यम, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
७. भक्तपुर चाँगुनारायण न.पा. –१ बस्ने वर्ष १९ की सुविमा लिम्बू ( पेट र टाउको दुखेको ,अवस्था गम्भीर ,उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
८. झापा दमक – ३ बस्ने वर्ष २१ की मनिता धिमाल( तिघ्रामा चोट, अवस्था सामान्य ,उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
९.ऐ.ऐ.बस्ने वर्ष ४३ की रिता धिमाल (खुट्टामा चोट, अवस्था सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

भ्यानमा सवार चालकसहित घाइतेहरूलाई उद्धार गरी उपचारको लागि पठाइएको , इभी भ्यान तत्काल घटनास्थलमा रहेको र बाटो अवरोध नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार