भद्रपुर वडा ५ तरुण दलको सभापतिमा मेघु राया

भद्रपुर । भद्रपुर ५ नम्बर वडाको नेपाली काँग्रेसनिकट तरुण दलको सभापतिमा मेघु राया चयन भएका छन् । तरुण दलका वडा सभापति इन्द्र नेपालको अध्यक्षता तथा नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको भेलाले तीन वर्षे कार्यकालका रायाको नेतृत्वमा लागि २५ सदस्य समिति चयन गरेका हुन् ।
गठित समितिको उपसभापतिमा रोषित पकुवाल, सचिवमा दीपेश यादव, सह–सचिवहरूमा उद्धव मेचे, विनय कसेरा र कोषाध्यक्षमा मोहम्मद इन्फान चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा प्रमित घोष, सोनु साह, नितेश यादव, नितेश ठाकुर, सुरज घोष, सञ्जीव लिम्बु, स्वरूप खड्का, शिव राई, हिमेश राजवंशी लगायत चयन भएका छन् । त्यसैगरी विर्जु सहनी, रोहित राजपूत र निलम प्रधानलाई जिल्ला प्रतिनिधिमा चयन भएका छन् भने अर्जुन पण्डित, विष्णु कसेरा लगायत गरी आठ सदस्यीय नगर प्रतिनिधि चयन गरिएको नवनिर्वाचित अध्यक्ष रायाले जानकारी दिए ।