२०८३ असार २ गते , मंगलबार
सारीले बनाएको पिङमा खेल्दा खेल्दै झापामा एक बालकको मृत्यु
झापा । झापामा सारीले बनाएको पिङमा खेल्दा खेल्दै गर्दा अल्झिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए । घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।