२०८३ असार २ गते , मंगलबार

ट्राफिक चेकिङको कारण मोटरसाइकल चालकको ज्यान गयो

sajilo news
मोरङ
२०८२ भाद्र ५ गते , विहीबार
ट्राफिक चेकिङको कारण मोटरसाइकल चालकको ज्यान गयो

विराटनगरमा अँध्यारोमा ट्राफिक प्रहरी चेकिङ नदेखेपछि ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८:२० बजेतिर विराटनगर –४ दुधफारमस्थित कोशी राजमार्गमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा खटिएको चेकिङ टोलीले ट्राफिकसहित संयुक्तरुपमा चेकजाँच गरिरहेको थियो ।

त्यस क्रममा विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१क ५१८९ नम्बरको मिनी ट्रकलाई रोकी चेकजाँच गरिरहेका बेला सोही दिशाबाट प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल तीव्र गतिमा आई उक्त मिनी ट्रकको पछाडि ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरी बर्जू गाउँपालिका –६ बस्ने २८ वर्षीय पुष्पकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगरमा लगी डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।मिनी ट्रक, मिनी ट्रक चालक मोरङ बुढीगंगा –१ बस्ने ३१ वर्षीय सन्तोषकुमार आचार्य र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । अव्यवस्थित रुपमा चेकिङ गर्ने प्रहरीमाथि भने कुनै पनि कारबाही गरिएको छैन ।

सम्बन्धित समाचार