२०८३ असार २ गते , मंगलबार
बिर्तामोडमा ट्रकमा आगलागी, ५ लाखको क्षति
झापाको बिर्तामोडमा पार्किङ गरेको ट्रकमा अचानक आगलागी भएको छ । आज दिउँसो ४.३० बजे बिर्तामोड-५ सुगम पेट्रोल पम्पनजिकै पार्किङ गरी राखेको ना ४ ख ४१८१ नम्बरको ट्रकमा अचानक तार सर्ट भई आगलागी भएको हो । प्रहरी र स्थानीयहरूको सहयोगमा मोटरको पानी प्रयोग गरी आगो निभाइएको थियो ।
आगलागीबाट ट्रकको कागजपत्रसहित अगाडिपट्टि भित्रको क्याबिनको भाग र इन्जिनको भागसमेत आंशिक रुपमा जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।