२०८३ असार २ गते , मंगलबार
मोरङको लोटाङमा खोलाले बगाउँदा दुईजनाको मृत्यु
मोरङको लोटाङमा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ। बुधवार साँझ चिसाङ खोलाले बगाउँदा लेटाङ नगरपालिका–१ अमलबोटेका अन्दाजी ७५ वर्षीय बुद्दवीर तामाङ र लेटाङ–२ किराँत चोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।
उनका अनुसार लेटाङ बजारबाट घरतर्फ फर्किने क्रममा खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले निकालेर हेर्दा बुद्धवीरको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। यस्तै घटनास्थलबाट करिब ९ सय मिटर तल खोलाको बीच भागमा टिंकेको शव फेला परेको डीएसपी चुँडालले बताइन्।
दुवै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।