२०८३ असार २ गते , मंगलबार

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

sajilo news
झापा
२०८२ भाद्र ४ गते , बुधबार
झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका- ३ खानपानी टोल निवासी रञ्जित राईको २१ वर्षीय छोरा  उज्ज्वल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो २ बजेको समयमा घर नजिकैको ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उज्ज्वल घाइते भई लडी रहेको अवस्थामा आफन्तले देखेका थिए ।
घटना पश्चात् प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले उनलाई उपचारको लागी लाइफलाइन अस्पताल दमकमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरिदिएका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार