२०८३ असार २ गते , मंगलबार

मेचीनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ भाद्र ३ गते , मंगलबार
मेचीनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

मेचीनगरमा टेबल पङ्खा मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे मेचीनगर- ५ भेटघाट चौक बस्ने २२ वर्षीय संदिप राजवंशी आफ्नै घरको टेबल पङ्खा बिग्रिएर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर अचेत भएका थिए । उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा डाक्टरले साँझ ६ बजे मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीको कमान्डमा टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार