२०८३ असार २ गते , मंगलबार

पेट्रोल छर्किएर आगो लगाएकी दमककी शोभाको उपचारको क्रममा मृत्यु

sajilo news
झापा
२०८२ भाद्र ३ गते , मंगलबार
पेट्रोल छर्किएर आगो लगाएकी दमककी शोभाको उपचारको क्रममा मृत्यु

झापा दमककी ३० वर्षीया शोभाकुमारी साहको उपचारको क्रममा मृत्यु भएको छ । आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी घाइते शोभाको

गएराति बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रमा मृत्यु भएको प्रहरीले छ । दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् उनलाई धरान लगिएको थियो । धरानमा चिकित्सक नभएपछि उनलाई फर्काएर बीएण्डसी अस्पताल ल्याइएको थियो । हिजो दिउँसो ४ः३० बजे दमक नगरपालिका–१ भानुभक्त चोक बस्ने मनोज साहकी श्रीमती शोभाकुमारी साहले आफ्नै तीनतले पक्की घरको दोस्रो तलामा आफू सुत्ने कोठाको ढोका थुनेर पेट्रोल आफ्नो शरीरमा छर्की आगो लगाएकी थिइन् ।

छोरीसहित बेपत्ता भएकी शोभाकुमारीले करिब एक महिनापछि घर फर्किएर आत्मदाह गरेको खुल्न आएको छ । हिजै घर फर्किएर उनले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।

शोभा मनोजकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीको निधनपछि मनोजले भारतको मुजफ्फरपुरबाट शोभालाई बिहे गरेर ल्याएका थिए । उनीहरूबिच केही समयदेखि घरायसी विवाद थियो । गत असार ३२ गते बिहान करिब ९ बजे शोभा मनोजकी जेठी श्रीमतीकी छोरी सुरभिलाई लिएर बेपत्ता भएकी थिइन्। मनोजले आमाछोरी बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए ।

 आमाछोरी घरबाट बेपत्ता भएको ६ दिनपछि छोरी सुरभि भारत सिलिगुडीको सूर्यसेन पार्कभित्र एक्लै बसिरहेको अवस्थामा फेला परेकी थिइन्। शोभाले नै सुरभिलाई त्यहाँ छोडेर गएको पार्कको सिसी टिभी फुटेजको आधारमा प्रहरीले पहिचान गरेको थियो । छोरी फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी मनोजले छोरीलाई लिएर आएका थिए । तर, शोभा भने त्यहाँ फेला परेकी थिइनन् । उनी हिजो मात्र घर फर्केकी थिइन् ।

सम्बन्धित समाचार