२०८३ असार २ गते , मंगलबार
झापाको लसुना नाकाबाट भारत लैजाँदै गरेका २७ वटा बाख्रा प्रहरी नियन्त्रणमा
झापाको लसुना नाकाबाट अवैध रुपमा भारत लैजाँदै गरेको बाख्रा प्रहरीले नियन्त्रणमा लिएको छ । तीनवटा ट्याम्पोमा सरुङ्गाबाट ल्याउँदै गरेको अवस्थामा झापा गाउँपालिका-१ को लसुना भन्सारमा प्रहरीले चेकजाँचको क्रममा २७ वटा बाख्रा नियन्त्रणमा लिएको हो । बरामद गरिएका बाख्राहरूलाई भद्रपुर भन्सार कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।