२०८३ असार २ गते , मंगलबार

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, मनसुन केही कमजोर

sajilo news
झापा
२०८२ भाद्र २ गते , सोमबार
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, मनसुन केही कमजोर

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर बनेको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर साधारणतया बदली छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भूभाग लगायत देशको बाँकी पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई,  कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार