२०८३ असार २ गते , मंगलबार
दमकको परदेशी होटलमा भुटानी शरणार्थी मृत फेला
झापा दमकको परदेशी होटल एन्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् । आज दिउँसो अन्दाजी १.३० बजे दमक –६ फाल्गुननन्द चोकमा रहेको परदेशी होटल एन्ड लजको रुम नं. २०१ मा बेलडाँगी २ बस्ने भुटानी शरणार्थी वर्ष अन्दाजी ३५ का संजिल राई मृत फेला परेका हुन् । उनी साउन २५ गतेदेखि सो होटलमा बस्दै आएका थिए । बहिनी नाताकी मनिला चाम्लिङ राईले फोन गर्दा नउठाएपछि सोही होटलमा आई हेर्दा राई घोप्टो परी बेहोस अवस्थामा भेटिएका थिए । उनको नजिकमा रहेको टेबुलमा गुग्ली नामक बिषादिको बट्टा फेला परेको छ ।
राईलाई लाइफलाइन अस्पताल दमकमा लगी उपचार गराउने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ । पाँचथर मिक्लाजुङ –३ घर भएका प्रेमकुमार फियाकले फाल्गुननन्द चोकमा सो होटल सञ्चालन गर्दै आएका छन् ।