२०८३ असार २ गते , मंगलबार

बिर्तामोडका ध्रुवप्रसाद शिवाकोटीको ह्रदयाघातबाट निधन

sajilo news
झापा
२०८२ भाद्र १ गते , आईतबार
बिर्तामोडका ध्रुवप्रसाद शिवाकोटीको ह्रदयाघातबाट निधन

धार्मिक एवं सामाजिक व्यक्तित्व झापा बिर्तामोड-१० बिराटपोखरका ध्रुवप्रसाद शिवाकोटीको निधन भएको छ । आज बिहान करिब ६५ वर्षको उमेरमा उनको ह्रदयाघातबाट निधन भएको हो । बिहान ७:३० बजे घरमा ह्रदयाघात भएपछि उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सचिव कुमार भट्टराईले बताए । शिवाकोटी राष्ट्रिय प्रजातन्त्र पार्टीको धार्मिक विभागको कोशी प्रदेश प्रमुख रहेका थिए ।

सम्बन्धित समाचार