२०८३ असार २ गते , मंगलबार
कोशीका चार जिल्लामा आज सार्वजनिक बिदा
कोशी प्रदेशका चार जिल्लामा आज सार्वजनिक बिदा दिएका छन् । कोशी प्रदेश सरकारको वार्षिक क्यालेन्डर अनुसार मोरङ, झापा, उदयपुर र सुनसरीमा आज बिदा दिएको हो ।
प्रदेश सरकारले श्री कृष्ण जन्माष्टमीको भोलि पल्ट चार जिल्लामा राधाकृष्ण रथयात्रा निकालिने भएकोले स्थानीयवासीको सक्रिय सहभागिताका लागि बिदा दिने गरेको छ। विराटनगरबाट सुरू भएको राधाकृष्ण रथयात्रा अहिले प्रदेशका ४ जिल्लाका विभिन्न स्थानमा निकाल्ने गरिन्छ । विराटनगरको राधाकृष्ण रथयात्रालाई भने उडिसाको जगन्नाथ पुरी पछिको दक्षिण एसियाकै ठुलो रथयात्रा मानिन्छ। झापामा पनि भद्रपुरसहित ६ स्थानमा रथ निकाल्ने तयारी गरिएको छ ।