२०८३ असार २ गते , मंगलबार

करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु

sajilo news
झापा
२०८२ भाद्र १ गते , आईतबार
करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु

सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधवप्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार