२०८३ असार २ गते , मंगलबार

रवि लामिछाने नख्खु कारागारमा

sajilo news
झापा
२०८२ श्रावण ३१ गते , शनिबार
रवि लामिछाने नख्खु कारागारमा

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुना (भैरहवा कारागार)मा रहेका रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार लगिएको छ। 

कारागारमा सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए। अदालतको अनुमति पश्चात् पनि उनलाई भैरहवा कारागारमै राखिएको थियो।

कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गर्ने कारागार व्यवस्थापन विभागको पत्राचार अनुसार उनलाई शनिबार विमानमार्फत काठमाडौं लगिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताए । ४ः४० बजे बुद्ध एयर उडान मार्फत उनलाई काठमाडौं लगिएको हो।

सुरक्षाकर्मीको साथमा उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं सुरज कार्कीले बताए। 

सम्बन्धित समाचार