२०८३ असार २ गते , मंगलबार
वराहक्षेत्र दर्शन गरी फर्कँदै गरेका मोटरसाइकलमा चालकको ढुङ्गा लागेर मृत्यु
वराहक्षेत्र दर्शन गरेर मोटरसाइकलमा फर्कँदै गरेका चालकको माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु भएको छ । आज दिउँसो ४ः२५ बजे सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र मन्दिर दर्शन गरी स १० प ७९२१ नम्बरको मोटरसाइकलमा फर्कँदै गर्दा सडक माथिबाट झरेको ढुङ्गाले टाउकोमा लागेर मोटरसाइकल चालक सप्तरी बोधेबर्साइन-२ बस्ने २८ वर्षीय जीवन शाहको घटनास्थलमा नै मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि सवार सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने ३० वर्षीय अरविन्दकुमार शाह सकुशल रहेका छन् । मृतकको शव हाल घटनास्थलमा नै रहेको र पोस्टमार्टमको लागि आवश्यक प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।