२०८३ असार २ गते , मंगलबार

झापाको घाग्रा खोलामा डुबेर एक बालिकाको मृत्यु

sajilo news
झापा
२०८२ श्रावण ३० गते , शुक्रबार
झापाको घाग्रा खोलामा डुबेर एक बालिकाको मृत्यु

झापाको घाग्रा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ३ बजे गौरीशङ्कर मावि डाँगीवारिमा कक्षा १० मा अध्ययनरत बाह्रदशी गाउँपालिका ५ कालिदास टोल बस्ने दिलकुमारी राजवंशीकी छोरी १५ वर्षीया झरना राजवंशीको डुबेर मृत्यु भएको हो । उनी स्कुलबाट ७–८ जना साथीहरूसँग घाग्रा खोलामा पौडी खेल्न गएकी थिइन् । पानीको बहाव बढी भएको घुमाउने दहमा परी उनी डुबेकी थिइन् ।

सोही स्थानबाट अन्दाजी ३० मिटर दक्षिणमा झाडीमा अड्केको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली गएको छ ।

सम्बन्धित समाचार