२०८३ असार २ गते , मंगलबार

पश्चिम बंगालमा ट्रकसँग बस ठोक्किँदा १० जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ श्रावण ३० गते , शुक्रबार
पश्चिम बंगालमा ट्रकसँग बस ठोक्किँदा १० जनाको मृत्यु

पश्चिम बंगालको पूर्वी बर्धमान जिल्लामा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । शुक्रबार बिहान तीर्थयात्री बोकेको एउटा निजी बस पूर्वी बर्दवानबाट दुर्गापुर जाँदै गर्दा सडकमा पार्क गरिएको ट्रकसँग ठोक्किएको थियो।

बस र ट्रक ठोक्किँदा १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई बर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा परेका सबै तीर्थयात्री बिहारका बासिन्दा भएको बताइएको छ।

सम्बन्धित समाचार