२०८३ असार २ गते , मंगलबार
मर्निङ वाकमा हात्तीको आक्रमणबाट घाइते दमकका दुई जनामध्ये सुनिताको उपचारको क्रममा मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका १ घर भइ हाल दमक-१ मा होटेल व्यवसाय सञ्चालन गर्दै आएकी ४७ वर्षीया सुनिता राई रहेको प्रहरीले जनाएको छ ।
गत साउन ११ गते बिहान करिब सवा ४ बजेतिर दमक–१ बरगाछीनजिक मर्निङ वाकमा जाँदै गर्दा सुनिता र उनकी बहिनी ४२ वर्षीया कवितालाई हात्तीले आक्रमण गरेको थियो।
घाइते दुवैमध्ये सुनिताको उपचारका क्रममा आज बिहान २:१३ बजे विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको टाउको, दाहिने आँखी भौँ, दुवै खुट्टा, बायाँ हात र शरीरको विभिन्नमा भागमा चोट लागेको थियो यता घाइते कविता उपचार पश्चात् साउन २५ गते न्युरो अस्पतलाबाट डिस्चार्ज भएकी थिइन् ।