२०८३ असार २ गते , मंगलबार

इलाममा पहिरोले पुरिएर एकजनाको मृत्यु

sajilo news
इलाम
२०८२ श्रावण २८ गते , बुधबार
इलाममा पहिरोले पुरिएर एकजनाको मृत्यु

इलाममा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । आज मध्यान्ह रोङ गाउँपालिका-४ मानाबुङ बस्ने अन्दाजी वर्ष ६० का वीरबहादुर राई (कान कम सुन्ने अविवाहित) घरबाट अन्दाजी ३०० मिटर पश्चिमस्थित बाटो पैदल हिँडिरहेको अवस्थामा खोल्सामा एक्कासि लेदोसहित पहिरो आई उनलाई पुरेको थियो । पहिरोले पुरिएर सोही स्थानमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरी चौकी किटेनीमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुन प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली गएको जनाइएको छ ।

सम्बन्धित समाचार