२०८३ असार २ गते , मंगलबार
बिर्तामोड राउन्ड टेबलको अध्यक्षमा विकास अग्रवाल
बिर्तामोड राउन्ड टेबलको अध्यक्षमा विकास अग्रवाल चयन भएका छन् । भारतको दार्जिलिङमा सम्पन्न राउन्ड टेबल ८औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा अग्रवाल चयन भएका भएका हुन् । त्यस्तै उपाध्यक्षमा रमन गोयल, सचिवमा साहिल अग्रवाल र कोषाध्यक्षमा सुमित पेरिवाल चयन भएका छन् ।
राउन्ड टेबलका अध्यक्ष मनोज गोयलको अध्यक्षता भएको कार्यक्रममा टेबलका सदस्यहरू आफ्ना परिवारसहित सहभागी भएका थिए ।
नेपाल राउन्ड टेबल अन्तरगत रहेका बिर्तामोड राउन्ड टेबलले शिक्षा, वातावरण र रक्तदान जस्ता सामुदायिक सेवामा सक्रिय भई आफ्नो गतिविधि गर्दै आइरहेको छ । विश्वका ६० भन्दा बढी देशमा फैलिएको युवाहरूको गैरराजनीतिक र गैरधार्मिक संस्था हो । जसको उद्देश्य मित्रता, सेवा र नेतृत्व विकासलाई प्रवर्द्धन गर्नु हो।