२०८३ असार २ गते , मंगलबार

सबैभन्दा बढी वर्षा इलाममा, त्यसपछि झापामा

sajilo news
झापा
२०८२ श्रावण २८ गते , बुधबार
सबैभन्दा बढी वर्षा इलाममा, त्यसपछि झापामा

देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदा गएराति धेरैजसो भूभागमा वर्षा भएको छ। केही स्थानहरुमा भने ठूलो वर्षा भएको छ । 

गएराति इलामका केही भूभागमा सबैभन्दा धेरै १२६.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। झापामा १२० मिलिमिटर वर्षा मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए।  पानीको सतह बढ्दै जाँदा इलामको माई खोलाले सतर्कता तह पार गरिसकेको छ । यस्तै झापाको खोला नालामा पनि पानीको बहाव बढेको छ। 

लगातार र ठूलो वर्षा भएका स्थानमा सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अहिले पनि काठमाडौं उपत्यकासहित बागमति प्रदेशका केही भूभागहरुमा वर्षा भइरहेको छ । 

सम्बन्धित समाचार