२०८३ असार २ गते , मंगलबार

वर्षाका कारण इलाममा घर भत्किँदा आमा-छोरी घाइते

sajilo news
इलाम
२०८२ श्रावण २८ गते , बुधबार
वर्षाका कारण इलाममा घर भत्किँदा आमा-छोरी घाइते

वर्षाका कारण इलाममा घर भत्किँदा आमाछोरी घाइते भएका छन् । आज बिहान साढे ७ बजे इलाम नगरपालिका –९ गोलबस्ती बस्ने राकेश थापा मगरको टिनको छानो र इँटा, माटोले बनेको दुई तले घर जीर्ण भई वर्षाको कारण भत्किएको हो । घरको दक्षिणतर्फको आधा भाग भत्किँदा सूर्योदय नगरपालिका–५ समालबुङ घर भई सोही घरमा डेरा गरी बस्ने शुकवीर लिम्बूकी श्रीमती ३५ वर्षीया भावना सुब्बा र उनकी छोरी १४ वर्षीया अनुस्का सुब्बा घाइते भएका छन् । जिल्ला अस्पताल इलाममा उपचारपश्चात् दुवै जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार