२०८३ असार २ गते , मंगलबार

वीरगन्जमा कैदी साहको मृत्युपछि स्थिति तनावग्रस्त

sajilo news
झापा
२०८२ श्रावण २७ गते , मंगलबार
वीरगन्जमा कैदी साहको मृत्युपछि स्थिति तनावग्रस्त

पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ। मृतक कैदी साहका आफन्तहरूले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका हुन्। मंगलवार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो। बिहान एक्सरसाइज गर्ने क्रममा बान्ता गर्दै एक्कासी बेहोस भएको प्रहरीको भनाइ छ।

उनलाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का सदस्य जगदीश साहले प्रशासनको कमजोरीका कारण घटना भएको बताए। उनले शव आफूहरूले नबुझ्ने बताए। प्रशासनले जानीजानी मारेको उनको आरोप छ।

सम्बन्धित समाचार