२०८३ असार २ गते , मंगलबार

काँकडभिट्टाबाट खोटाङ जाँदै गरेको बस र विङ्गर ठोक्किँदा दुर्घटना, ३ जनाको मृत्यु, १६ घाइते

sajilo news
सुनसरी
२०८२ श्रावण २६ गते , सोमबार
काँकडभिट्टाबाट खोटाङ जाँदै गरेको बस र विङ्गर ठोक्किँदा दुर्घटना, ३ जनाको मृत्यु, १६ घाइते

सुनसरीमा बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–३  जलुवाटोलमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर आज विहान ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताए।

घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ। घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार