२०८३ असार २ गते , मंगलबार
आज यी स्थानमा भारी वर्षाको सम्भावना
हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भूभागका धेरै र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।