२०८३ असार २ गते , मंगलबार
करेन्ट लगाएर माछा मार्दा हल्दिबारीमा एकजनाको मृत्यु
झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा जिल्ला चैनपुर-२ घर भई हाल हल्दिबारी-४ ऐनावारीस्थित मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा कार्यरत अन्दाजी ३१ वर्षीय रामकुमार अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज साँझ ५:४० बजेको समयमा अधिकारी नजिकै रहेको खोल्सामा करेन्ट लगाइ माछा मार्न गएका थिए । माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा मृत्यु भएको हो । प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा शवलाई पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । झापामा साउन महिनामा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका छन् ।