२०८३ असार २ गते , मंगलबार

झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी

sajilo news
झापा
२०८२ श्रावण २५ गते , आईतबार
झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी

झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी परेका छन् ।   जंगली च्याउ खाँदा कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया बि.क., सोही ठाउँकी २५ वर्षीया रविना बि.क. र १६ वर्षीया धनमाया बि.क. बिरामी भएको प्रहरीले जनाएको छ ।

 च्याउ खाएर गएराति बिरामी परेका उनीहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  घटनाबारे आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय सुरुङगामा जानकारी गराएपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

सम्बन्धित समाचार