२०८३ असार २ गते , मंगलबार
मेचीनगरमा डुबेर एक महिलाको मृत्यु
मेचीनगरको पालिया खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । आज बिहान ९;३० बजे मेचीनगर– ७ सिद्धार्थ टोलस्थित पालिया खोलामा नाम थर, वतन नखुलेको करिब ५५ वर्षकी महिला घोप्टो परि मृत अवस्थामा फेला परेकी हुन् । स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी सतिघट्टाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । करिब पाँच–सात दिनअघि उनको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट टोली गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए ।