२०८३ असार २ गते , मंगलबार
सर्पले डस्दा झापामा एकजनाको मृत्यु
झापाको गौरादहमा विषालु सर्पले डस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका- ४ जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेका छन् । शनिवार बिहान १० बजे आफ्नै घरको भान्सा कोठाको सामान सार्ने क्रममा उनलाई सर्पले टोकेको थियो । नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार केन्द्रमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई डाक्टरले चेकजाँच गर्दा राति ८ः३० बजे उनको मृत्यु भइसकेको थियो ।