२०८३ असार २ गते , मंगलबार

मधेसमा लम्पीस्किनको सङ्क्रमणबाट एक हजार सात सय पशु मरे

sajilo news
रासस
२०८२ श्रावण २४ गते , शनिबार
मधेसमा लम्पीस्किनको सङ्क्रमणबाट एक हजार सात सय पशु मरे

जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशु चौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा  पशु उपचारबाट निको भएको बताइएको छ । 

लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउ खटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ । 

अभियान अन्तर्गत हालसम्म प्रदेश भरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ । मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञकेन्द्र मार्फत  खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ । 

सम्बन्धित समाचार