२०८३ असार २ गते , मंगलबार
झापामा साउनमा मात्रै डुबेर ६ जनाको मृत्यु
झापामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या अत्यधिक रहेको छ । चालु आर्थिक वर्षको साउन महिना पूरा नहुँदै ६ जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान अन्दाजी ११ः३० बजे शिवसताक्षी नगरपालिका वडा न.१० र ७ को सिमाना टेक्रास्थित माई खोलामा डुबेर कनकाई नगरपालिका वडा न.५ बस्ने ६० वर्षीय चन्द्रबहादुर बि.क. बेपत्ता भएका छन् । खोलाबाट दाउरा निकाल्ने क्रममा उनलाई खोलाले बगाई बेपत्ता बनाएको हो ।
अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरी टोली खटिएर स्थानीयहरूको सहयोगमा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । गत आर्थिक वर्ष २०८०–०८१ म झापामा पानीमा डुबेर ३६ जनाले ज्यान गुमाएका थिए ।