२०८३ असार २ गते , मंगलबार
भारतको उत्तराखण्डमा बाढी : जाजरकोटको एकै पालिकाका दर्जन बढी व्यक्ति बेपत्ता
भारत उत्तराखण्डमा हालै आएको भीषण बाढीमा जाजरकोटको एउटै पालिकाका १३ जना बेपत्ता भएका छन्। जिल्लाको कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन्।
अन्य वडाका केही व्यक्ति पनि सम्पर्कमा नआएको जानकारी आएको उनले विज्ञप्तिमा भनेका छन्। अध्यक्ष बस्नेतले हराएका उनीहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन्।
उत्तराखण्डको उत्तरकाशीमा गत मंगलवार आएको बाढीका कारण अझै कम्तीमा ५० जना बेपत्ता रहेको भारतीय अधिकारीले जनाएका छन्।
