२०८३ असार २ गते , मंगलबार
बिर्तामोडमा एक पुरुष मृत अवस्थामा फेला
झापाको बिर्तामोडमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उनको आजै मृत्यु भएको अनुमान गरिएको छ । बिर्तामोड- १० स्थित समावेशी चोक नजिकैको सडक छेउको झाडीमा आज दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको नाम नरप्रसाद अधिकारी रहेको बताइएको छ । स्थानीयवासीको अनुसार उनले विगतमा कञ्चनजङ्घा स्कुलमा ड्राइभरको काम समेत गरेका थिए ।