झापाको गौरीगञ्जमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते
झापाको गौरीगञ्जमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । गौरीगञ्ज गाउँपालिका २ तुलाचन चोकस्थित हुलाकी सडकखण्डमा आज दिउँसो साढे ४ बजेको समयमा कुञ्जीवारिबाट गौरीगञ्जतर्फ आउँदै गरेको प्र१–०२–०४२ प ३८३७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र१–०१–०१७ प२६९२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा प्र१–०१–०१७ प २६९२ न।को मोटरसाइकल चालक मोरङ रङ्गेली नगरपालिका घर बताउने २७ वर्षीय राजकुमार खत्वे, सोही मोटरसाइकलमा पछाडि सवार गौरीगञ्ज ३ बस्ने ५५ वर्षीया निरु खत्वे र प्र १–०२–०४२ प ३८३७ नं को मोटरसाइकलका चालक मोरङ रतुवा नगरपालिका ५ बस्ने रमेश मैनाली घाइते भएका हुन् । तीनै जनालाई निम्न अस्पताल दमक पठाएकोमा त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी कोरोवारिको नियन्त्रणमा रहेको छ ।