२०८३ असार २ गते , मंगलबार

झापाको शिवसताक्षीमा डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

sajilo news
झापा
२०८२ श्रावण २१ गते , बुधबार
झापाको शिवसताक्षीमा डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्व पश्चिम राजमार्गको एसियन हाइवे निर्माणका क्रममा झापाको शिवसताक्षीस्थित भालु खोलामा बनाइएको डाइभर्सन भत्किएपछि  राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान करिब ५।३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।

शिवसताक्षी १० स्थित भालु खोलामा ह्युमपाइप लगाई बनाइएको डाइभर्सन उक्त खोलामा आएको पानीले साइडको माटो कटान गरेको हो ।जसबाट बाटोमा सवारी आवतजावत पूर्णरुपमा अवरुद्ध भएको हो । बाटो सुचारु गराउनका लागि आवश्यक पहल भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

बाटो अवरुद्ध भएपछि दर्जनौँ सवारी साधन र सयौँ यात्रु अलपत्र परेका छन् ।सवारी साधनलाई वैकल्पिक बाटो हुँदै सञ्चालन गरिएको बताइएको छ।

सम्बन्धित समाचार